पुस महिनाका लागि ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)ले पुस महिनाका लागि ब्याजदर नबढाउने सहमति गरेको छ । सोमबार बसेको संघको बैंठकले पुस महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि संघले पुस महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि बैंकहरुले ब्याजदर घटबढ गर्न पाउने व्यवस्था गरेपनि अहिले पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमतिमा बैंकहरु पुगेका हुन।

संघले गत फागुन महिनादेखि कायम ब्याजदरमा राष्ट्र बैंकले गरेको ब्याजदर सम्बन्धि नीतिगत व्यवस्था अनुसार १० प्रतिशतले थप गरेका थिए । अघिल्लो महिनामा लागू ब्याजदरमा १० प्रतिशत थप हुँदा असोज महिनामा व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो । जुन कात्तिक महिनामा पनि सोही लागू गरिएको छ । भने हाल मंसिर महिनामा पनि सो दर लागू गर्ने निर्णय संघले गरेको हो ।

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०।०३ प्रतिशत) को १० प्रतिशतले बढाएर अधिकतम ११.१३ प्रतिशत भदौ महिनासम्म कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार र साउन र भदौ महिनामा सोही दरमै ब्याज पाएका थिए । असोज महिनामा भने १२.१३ प्रतिशत ब्याजदर दिने सहमति संघले गरेको थियो । असोजमै कायम ब्याजदरलाई कात्तिक महिनामा पनि कायम गरिएको थियोे भने, सोही ब्याजदरलाई मंसिरमा निरन्तरता दिएको संघले पुस महिनामा पनि निरन्तरता निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स