एनबीएको कार्यकारी समितिमा तीनजना सदस्य चयन

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को कार्यकारी समितिमा तीनजना सदस्य चयन भएका छन्।

सोमबार सम्पन्न एनबीएको ३६ औं वार्षिक साधारणसभाले तीन सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो।

सदस्यमा निर्वाचित हुनेमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डे, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ रहेका छन्।

माछापुच्छ्रेका कोइराला र एसबीआई बैंकका डेले यसअघि पनि कार्यसमितिमा रहेर एक कार्यकाल काम गरेका छन् । उनीहरु पुनः दोहोरिएका हुन्। एनबीएमा सदस्यहरु दुई कार्यकाल रहन पाउने व्यवस्था छ ।

त्यस्तै मेगा बैंककी पूर्वसीईओ अनुपमा खुन्जेली बैंकबाट बाहिरिएपछि एनबीएमा सदस्य पद पनि खाली थियो । सोही रिक्त पदमा खालिङ निर्वाचित भएका हुन्।

बैंकर्स संघका अन्य सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, सनराइज बैंकका सुनम शर्मा र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने छन् । संघको सल्लाहकारमा पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स