माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ लिएका छन् । महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका हुन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको मंसिर १२ गते बसेको ४७२ औ संचालक समितिको बैंठकले डा..उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसकेका भएका डा.महतो ‘गैर आवासीय नेपाली संघ’का संस्थापक अध्यक्षसमेत हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स