नबिल बैंकको बम्पर लाभांश घोषणा

यस्तो छ नबिल बैंकको १० वर्षे लाभांश हिष्ट्री ?

काठमाडौं । नबिल बैंकले हालसम्मकै बढी लाभांश घोषणा गरेको छ । बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकले अघिल्लो आवमा ३५.२६ प्रतिशत र गत आवमा ३८ प्रतिशत लाभांश दिएको थियो । आइतबार बसेको बैंकको संचालक समितिको बैंकठले सो लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिल बैंकद्वारा प्रस्तावित सो लाभांश हालसम्म वाणिज्य बैंकहरूद्वारा घोषित लाभांश मध्येकै सर्वाधिक हो ।

कोरोना महामारीमाझै नाफा बढाउँदै लाभांश पनि बढाइरहेको बैंकले गत आवमा तत्कालिन नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार पछि लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको हो ।

बैंकद्वारा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको वार्षिक साधारणसभामा लगानीकर्तालाई वितरण हुनेछ ।

यस्तो छ नबिल बैंकको १० वर्षे लाभांश हिष्ट्री ?
नबिल बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्षमा नबिल बैंकले सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सेयरधनीहरूलाई ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । सो लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद हो । बैंकले आर्थिक वर्ष २०७५/०७६ मा सेयरधनीहरूलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । सो लाभांशमा २२ प्रतिशत नगद र १० प्रतिशत बोनसको हिस्सा थियो ।

बैंकले आर्थिक वर्ष २०७४/०७५ मा सेयरधनीहरूलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले वितरण गरेको लाभांशमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद हो । आर्थिक वर्ष २०७३/०७४ मा बैंकले सेयरधनीहरूलाई ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले उक्त वषए ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७२/०७३ मा नबिलले सेयरधनीहरूलाई ४५ प्रतिशत लाभांश वितरण गरेको छ । सो वितरण गरिएको लाभांशमध्ये ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद हो । बैंकले आव २०७१/२०७२ मा सेयरधनीहरूलाई ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त लाभांशमध्ये ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद हो ।

बैंकले आव २०७०/०७१ मा सेयरधनीहरूलाई ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले सो आवमा वितरण गरेको लाभांश ९ वर्षयताकै बढी हो । बैंकले उक्त आवमा २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांश गरेको थियो ।
त्यसको अघिल्लो आव २०६९÷०७० मा पनि बैंकले आफ्ना सेयरधनीलाई सोही बराबरको लाभांश वितरण गरेको थियो ।

यद्यपि यो आवमा भने बैंकले बोनस सेयरलाई प्राथमिकतामा राखेको छ । बैंकले उक्त आवमा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । १० वर्ष अघि पनि बैंकको लाभांश उच्च थियो । २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

पछिल्लो समय अन्य बैंकलाई डब्बल डिजिटमा लाभांश दिन हम्मे परेपनि नबिलको यो यात्रा १० वर्षयता नै ३० प्रतिशतबाट घटेको छैन । कुनै समयमा बैंकले १४० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । आव २०६३/६४ मा बैंकले १४० प्रतिशत लाभांश दिएको थियो भने त्यसको पछिल्लो वर्ष १०० प्रतिशत लाभांश दिएको थियो ।

हरेक परिसूचकमा नम्बर वान देखिएको बैंकलाई अझ माथिल्लो उचाइमा पुर्याउन बैकिङ क्षेत्रमा पायोनियर बैकर मानिएका ज्ञानेन्द्र प्रसाद ढुंगाना बैंकको सीईओ बनेर गएका छन् । उनको नेतृत्वमा बैंक अझ माथिल्लो उचाइ पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स