सानिमा बैंकको दराजसँग ‘दराज १२.१२’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने छ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् १,००० रूपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम् १,२१२ रूपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने छ ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सकिने छ ।

यो योजना २०७९ मंसिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स