काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
आइतबार बसेको बैंकको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णाय गरेको हो ।
बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।