राष्ट्रिय सहकारी महासंघले सहकारीको ब्याजदर १९ प्रतिशत पुर्याउन राख्यो माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर पुर्याउन माग राखेको छ । महासंघले आज सहकारी विभागलाई ५ बुँदै ज्ञापनपत्र बुझाउँदै सहकारी संस्थाको सन्दर्भ ब्याजदर १९ प्रतिशत राख्न सिफारिस गरेको हो । सहकारी संंस्थाको ब्याजदर १७÷१८ प्रतिशत पुगेको बताउँदै महासंघले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्नुपर्ने माग महासंघ राखेको हो । यस सम्बन्धमा तयार पारेको ५ बुँदे ज्ञापनपत्र सहकारी विभाग रजिष्टार रुद्र प्रसाद पण्डितलाई बुझाएको हो ।

महासंघले बजार अनुरूप स्वचालित रूपमा सन्दर्भ व्याजदर घटबढ हुने गरी पुनरावलोकन हुनुपर्ने, सम्पत्ति रोक्का, कालो सूचीमा समावेश लगायतका व्यवस्था मार्फत सहकारी संस्थाहरूको खराब कर्जा असुलीमा आवश्यक सहयोग गर्नुपर्ने माग राखेको छ । सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराएर तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

महासंघले बुझाएको ज्ञापनपत्रमा तरलताको ब्यवस्थाका लागि सहुलियत ब्याजदरमा रकम व्यवस्था गर्न, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषको स्थापना तत्काल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स