सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट कारोबारमा आउने

काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मंसिर २३ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।

नेप्सेले लघुवित्तको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो।

योसँगै, अब कम्पनीको आइतबार (मंसिर २५) गते बाट सेयर कारोबारमा आउनेछ।

आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै गत असार २३ गतेबाट कम्पनीको सेयर कारोबार रोकिएको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स