ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित, पुस २५ भित्रै एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८/७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) स्वीकृत गरेको छ । साथै, सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्तावलाई अनुमोदन गरेको छ। सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।

सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गरेको छ।

साथै, सभाले अबको १५ दिनभित्रै राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति लिइने सभामा जानकारी दिइएको छ। त्यसपछि पुस १८ गतेदेखि पुस २५ गतेभित्र एकीकृत कारोबार सुरु गरिने जानकारी पनि सभामा दिइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स