प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरको लागि अन्तिम सम्झौता, साधारण सभा आह्वान

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। बुधबार साँझ दुई बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो।

दुवै बैंकले पुस अन्तिमदेखि संयुक्त कारोबार सुरू गर्नेछन्।

सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।

विभिन्न समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त भैसकेको थियो।

अन्तिम सम्झौता अनुसार प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ को स्वाप रेसियो गाभ्ने छ । सेन्चुरीलाई गाभेपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ ।

मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

अन्तिम सम्झौता भएसँगै दुवै बैंकले वार्षिक साधारण सभा पुस १४ गते बोलाएका छन् । प्रभु बैंकको सभा आफ्नै केन्द्रीय कार्यालयमा हुने छ भने सेञ्चुरी बैंकले सभा आर्मी क्लब भद्रकाली काठमाडौंमा बोलाएको छ ।

सभामा लाभांश पारित गर्ने, मर्जर प्राप्ति समबन्धि हालसम्म भएका काम अनुमोदन गर्ने, बाँकि काम गर्न संचालक समितिलाई स्वीकृति दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

प्रभु बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफ बाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सेन्चुरी बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफ बाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स