बैंकहरूलाई १ महिनाको व्यवसाय विस्तार गर्न ४ महिना लाग्यो, यसको सोलुशन के ? (भुवन दाहालको सुझाव)

काठमाडौं । लगानी योग्य पुँजी नहुँदा बैंक तथा वित्तीय संस्था कर्जा दिन नै नसक्ने अवस्थामा पुगेका थिए । सोही कारण चालु आर्थिक वर्षभरि कर्जा त्यति विस्तार हुन सकेन । साउन १ गतेदेखि मंसिर १६ गतेसम्म वाणिज्य बैंकहरूले जम्मा ४८ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन् । २०७९ असारमसान्तमा वाणिज्य बैंकहरूले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । मंसिर १६ मा आइपुग्दा साढे ४ महिनामा कर्जा बढेर जम्मा ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा निजी क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले वृद्धिदर रहने मौद्रिक नीतिको बुँदा नम्बर ७१ मा उल्लेख गरेको छ । सो अनुसार वाणिज्य बैंकले २०७९ असारसमसान्तसम्मको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्बमा १२.६ प्रतिशत वृद्धिगर्न पाउने देखिएको देखिएको छ अर्थात कुल कर्जा लगानीमा थप ५ खर्ब २६ अर्ब कर्जा लगानी गर्न सक्नेछन् ।

राष्ट्र बैंकको यो व्यवस्थालाई आधार मान्दा वाणिज्य बैंकहरू मासिक ८३ अर्ब ८३ करोडसम्म लगानी गर्न सक्ने देखिएको छ । तर, चालु आर्थिक वर्षको साढे ४ महिनाको यो अवधिमा वाणिज्य बैंकहरूले जम्मा ४८ अर्ब रुपैयाँमात्रे कर्जा लगानी गरेका छन् ।

अझ पछिल्लो समयको तथ्यांक हेर्ने हो भने सातामा मुस्किलले १ अर्ब रुपैयाँमात्रै लगानी भएको पाइन्छ । मंसिर ९ गतेदेखि १६ गतेसम्मको यो सात दिनमा बैंकहरूले जम्मा १ अर्ब रुपैयाँमात्रै लागनी गरेका छन् । मंसिर महिनाभरिमा जम्मा ४ अर्ब कर्जा लगानी भएको छ भने कार्तिक महिनामा ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

असोज महिनामा भने बैंकहरूले राम्रो लगानी गरेका छन् असोज महिनामा भने वाणिज्य बैंकहरूले २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । असोज महिनासम्म बैंकहरूले पुरानै ब्याजदरमा कर्जा लगानी गरेका हुँदा असोज महिनामा बढी कर्जा गएको हो ।

त्यतिबेला बैंकहरू माग अनुसार कर्जा दिन सक्ने अवस्थामा थिएनन् । तै पनि २६ अर्ब रुपैयाँ लगानी भयो । तर, अहिले बैंकहरू कर्जा प्रवाह गर्न सक्ने अवस्था प्रवेश गर्दै गरेपनि खासै कर्जा प्रवाह भएको अवस्था नदेखिएको बैंकर्स संघको तथ्यांकले देखाएको छ । साउन र भदौ महिनामा १२ अर्ब रुपैयाँ लागनी गरेका गरेका छन् ।

यसकोे अर्थ बैकहरू कर्जा दिन सक्ने अवस्था गएपनि चर्को ब्याजदरका कारण यो कर्जा प्रवाह बढी हुन नसकेको हो । कार्तिम महिनादेखि बैंकहरूले निक्षेपको ब्याज बढाए । त्यसको विरोधमा उद्यमी व्यवसायी उत्रिएका कारण पनि कर्जा लगानीमा शिथिलता आएको हो । ब्याजदर बढ्दा कर्जाको माग कम हुनु स्वभाविक भएको बैंकर भुवन दाहालले बताए ।

‘धेरै ब्याजदर हुँदा कर्जाको माग कम हुन्छ,’ उनले भने ‘अहिले ब्याज महँगो भएका कारण नलिइ नहुनेले मात्र कर्जा उपभोग गरेका छन् । अन्य भने ‘पर्ख र हेर’ को अवस्था रहेको समेत उनले बताए । ब्याजदरको विषयमा राष्ट्र बैंक, बैंकर्स संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषघ तथा नेपाल चेम्बर अफ कमर्श बसेर छलफल गरि निकास खोज्नु पर्ने उनको सुझाव छ । ‘यी सबै स्टेक होल्डर बसेर ‘ब्रेन स्टोर्मिग’ गर्न सक्नु पर्छ,’ उनले भने ‘अनिमात्र यसबाट निकास पाउन सकिन्छ ।’
उद्योगधन्दालाई कर्जाको ब्याजदर कम गर्ने भनेर मौद्रिक नीतिमा आएपनि अहिलेसम्म सर्कुलर आएको छैन । उद्यमी व्यवसायी चर्को ब्याज तिरेर कर्जा दिन बाध्य छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स