१ अर्ब २० करोड रुपैयाँ बराबरको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ले पायो बोर्डको अनुमति

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अनुमति दिएको छ । सन‍्‍राइज बैंकद्वारा प्रवर्द्धन गरिएको १ अर्ब २० करोड रुपैयाँ बराबरको इक्विटी फन्डले बोर्डमार्फत मंसिर १९ गते स्वीकृति पाएको हो ।

यस योजनाको आकार प्रति इकाई मुल्य १० को १२ करोड इकाई गरी जम्मा १ अर्ब २० करोडको रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सनराइज क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड तथा सनराइज ब्लूचिप फण्ड गरी दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

यस फण्डलाई सनराइज बैंकले प्रवद्र्धन तथा सनराइज क्यापिटलले व्यवस्थापन गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स