काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्तको सेयरमा आकर्षण बढ्नुमा खास ४ कारण भएको बताएका छन् । कम्पनीहरूको सेयर संख्या थोरै हुनु, थोरै सेयर भएकाले बजारमा आपूर्तिको तुलनामा माग बढी हुनु, चुक्ता पुँजी कम हुँदा यसले दिने प्रतिफल बढी हुनु र एक न एक दिन राष्ट्र बैंकले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिन्छ भन्ने आशमा लगानीकर्ताको लघुवित्तको सेयरमा आकर्षण भएको स्पष्ट पारेका छन् ।
हाम्रोअर्थसँगको कुराकानीमा उनले भने ‘सेयर लगानीकर्ताहरूको मनोभाव ठ्याक्कै बुझ्न त सकिदैन । तर, पनि अनुमान गर्न सकिन्छ, मेरो विचारमा लगानीकर्ताहरूले लघुवित्त कम्पनीको सेयर किन्नुमा अर्थात आकर्षित हुनुका यीनै कारणहरु हुन् ।’
सर्वप्रथम लघुवित्त कम्पनीहरूको सेयर संख्या थोरै छ । संख्या थोरै भएपछि बजारमा आपूर्ति कम हुन्छ । आपूर्ति कम भएपछि माग धेरै हुन्छ । माग धेरै पछि बजारमा मूल्य बढ्छ र यो बढ्नु स्वभाविक अर्थात अर्थशास्त्रको नियम पनि हो ।
दोस्रो यसको चुक्ता पूँजी कम भएकाले यसबाट दिने प्रतिफल सामान्यतया धेरै हुन्छ । प्रतिफल धेरै दिन सक्ने भएकाले लगानीकर्ताहरूको आकर्षण बढ्नु स्वभाविक हो ।
‘तेस्रो चुक्ता पूँजी कम भएकाले यस्ता कम्पनीहरूले आफ्नो चुक्ता पुँजी एक दिन न एक दिन बढाउँछ भन्ने विश्वास लगानीकर्ताहरूमा रहेको छ, हामीले पनि हकप्रद सेयर निष्काशन गर्ने आनुमति नेपाल राष्ट्र बैंकसँग गरिरहेका छौं, उनले भने ।
ठूला सेयर खेलाडीले थोरै पुँजी भएकोले उस्तै पर्यो भने एउटैले किन्न सक्ने अवस्था छ । यसले पनि यसको आकर्षण बढाएको हो । यसमा खबौंको लागनी गर्न नपर्ने उनले बताए । जब थोरै पुँजी हुन्छ अनि त्यो सेयर निश्चित व्यक्तिको मुठ्ठीमा पार्न सक्ने अवस्था रहन्छ ।
राष्ट्र बैंकले लघुवित्तको पुँजी बढाउँछ । त्यसपछि राइट सेयर आउँछ भन्ने लगानीकर्ता पनि बजारमा छन् । ‘लगानीकर्ताको आकर्षणले बजारमा सेयरको माग बढाउँछ । माग बढेपछि मूल्य वृद्धि भई नै हाल्छ । अर्को, यस्ता कम्पनीहरूको जारी पुँजी कम हुने भएकाले एउटै ठूलो लगानीकर्ताहरूले विस्तारै विस्तारै एउटा मात्र कम्पनीको पुरै सेयर किनेर राख्छन् । जसका कारण सेयरमा कार्टेलिङको सम्भावना रहन सक्छ र सेयर मूल्य बढी हुन गएको हो ।
बजारमा लघुवित्तको सेयरमा आकर्षण भएपनि स्रोत व्यवस्थापनमा भने अप्ठ्यारो अवस्था भएको उनले जानकारी गराए । ‘हामी कर्जा प्रवाहको लागि टोटल्ली बैंकहरूसँग भर पर्नुपर्छ,’ उनले भने ‘अहिले बैंकहरूमा पैसामा अभाव हुन थालिसकेको छ ।’ अहिले पोहोरको दरमा पैसा पाउन सकिने अवस्था छैन ।
बजारमा लघुवित्तको सेयरमा आकर्षण भएपनि स्रोत व्यवस्थापनमा भने अप्ठ्यारो अवस्था भएको उनले जानकारी गराए । ‘हामी कर्जा प्रवाहको लागि टोटल्ली बैंकहरूसँग भर पर्नुपर्छ,’ उनले भने ‘अहिले बैंकहरूमा पैसामा अभाव हुन थालिसकेको छ ।’ अहिले पोहोरको दरमा पैसा पाउन सकिने अवस्था छैन ।
कर्जा प्रवाहमा पनि राष्ट्र बैंकले क्याप लगाएको छ । निश्चित सीमाभन्दा माथि जान पाउने अवस्था छैन । १५ प्रतिशभन्दा माथि गयो भने राष्ट्र बैंकको कारवाही परिने हुनाले सीमाभित्रै रहेर कर्जा प्रवाह भइरहेको पनि उनले प्रष्टाए । ‘फ्टवेयरले सबै क्याल्कुलेट गर्छ,’ बढी ब्याज लिन कसै गरेपनि पाइदैन, सबै उड्न्ते कुरा हो ।’ कुन संस्थाले यो भन्दा बढी ब्याज लिएछ त्यो थाहा पाउन पाए हुन्थ्यो,’ यस्ता कुरा बाहिर आइदिए राम्रो हुने उनले बताए ।
पछिल्लो समय राष्ट्र बैंकले एउटा नीति ल्याएको छ । छोटो अवधिको लागि कर्जा दिएर वर्षमा दुई÷तीन पटक सर्भिस चार्ज लिने गरेको गुनासो आएपछि राष्ट्र बैंकले नयाँ नीतिगत व्यवस्था गरेको हो । छोटो अवधिको कर्जामा भन्न सकिने अवस्था हुँदैन । नत्र अधिकांश संस्थाको कर्जा पनि १ वर्षभन्दा माथि कै भएकोले सबै संस्थाको सेवालाई एउटै बास्केटमा थालेर बदनाम गर्न नमिल्ने उनले बताए ।
यस्ता ऋणलाई हेरेर हुँदैन । त्यो कारणले गर्दा ब्याजमा त्यो आवाज निस्किएको हुुन सक्छ । सेवा शुल्कसम्म जोड्दा भने होला । तर, कर्जाको ब्याज नै भने १५ प्रतिशतभन्दा माथि जानसक्ने अवस्था छैन र जान पनि नपाइने उनले बताए ।
हाम्रो कर्जा लगानी कुनै पनि १ वर्षभन्दा कमको छैन, कुनै ऋण ६÷७ वर्षको पनि छ । मेरो संस्था –विजय लघुवित्त वित्तीय संस्था) को कुरा गर्ने हो भने संस्थाले १४.५६ प्रतिशतमा लगानी गरेको छ । बरु यो ब्याज नै बढी हो कि भन्ने प्रश्न भने गहन भएको उनले बताए ।
पोहोरको तुलना खर्च २.५ प्रतिशतले बढेको छ । अहिले खर्च बढेर ७.५ देखि ८ प्रतिशतसम्म पुगिसकेको छ । पोहोर बैंकमा पैसा धेरै भएर बैंकहरूले सस्तोमा पैसा दिएका थिए । बैंकहरूले ५/६ प्रतिशतमा पैसा दिएकाले मार्जिन बढी भएको हो । त्यसले छोटो समयमा लघुवित्तको नाफा बढी भएको देखाएको हो तर, हामीले त्यो ब्याज तत्काल परिवर्तन गर्न सक्ने अवस्था थिएन ।
पोहोरको तुलना खर्च २.५ प्रतिशतले बढेको छ । अहिले खर्च बढेर ७.५ देखि ८ प्रतिशतसम्म पुगिसकेको छ । पोहोर बैंकमा पैसा धेरै भएर बैंकहरूले सस्तोमा पैसा दिएका थिए । बैंकहरूले ५/६ प्रतिशतमा पैसा दिएकाले मार्जिन बढी भएको हो । त्यसले छोटो समयमा लघुवित्तको नाफा बढी भएको देखाएको हो तर, हामीले त्यो ब्याज तत्काल परिवर्तन गर्न सक्ने अवस्था थिएन ।
बैंकहरूले सस्तो दरमा पैसा उपलब्ध गराउन सकेनन् भने त्यो अवस्थाबाट के गर्ने भन्ने चिन्तामा आफू भएको उनले बताए । गत वर्ष थोरै समयमा लघुवित्तहरूले राम्रो नाफा कमाएका हुन् । अघिल्लो सात राष्ट्र बैंकले बढी प्रोभिजिङ गर्न लगाएको र गत आर्थिक वर्षमा सो रकम ‘राइट ब्याक’ भएकाले पनि गत वर्ष बढी नाफा देखिएको हो । अर्को कुरा २०७७ मा धेरै ब्याज आउन बाँकी थियो ।
गत वर्ष उठन बाँकी ब्याजहरू पनि उठ्यो र राष्ट्र बैंकले प्रोभिजिङ पनि ०.७ प्रतिशतले घटायो । त्यो रकम पनि ठूलो हो । गत वर्षसम्म डेढ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था थियो अब अहिले त्यो घटेर १ प्रतिशतमा लोर्लिसकेको छ । १ वर्ष बढी नाफा भएको भन्दैमा लघुवित्तले ठग्यो भन्ने होइन ।
१ प्रतिशतमात्र मार्जिन भयो भने पनि १६ प्रतिशतसम्म नाफा आर्जन गर्न सकिन्छ । साढे ६ प्रतिशतमा बैंकहरू पैसा पाएका थिए । अब त्यो अवस्था नभएको जानकारी समेत उनले गराए ।
बेला किन ब्याज घटेन भनेर प्रश्न पनि आएको थियो । हामीले बजारको स्थायित्व के हुने हो भनेर ब्याजदर घटाएनौ । तर, अहिले त्यो अवस्था छैन । अब बैंकबाट पैसा लिन ८ प्रतिशत ब्याज तिर्नुपर्ने कुरा आएको छ । गत वर्ष बढी पैसा भएका कारणले बैंकहरूले सस्तो ब्याज दिएका थिए ।
गत वर्ष ६.५ प्रतिशतमा लघुवित्तले कर्जा पाउँदा सय रुपैयाँमा ५ रुपैयाँ खर्च हुने थियो । सो खर्च जोड्दा हाम्रो ब्याज ११.५ प्रतिशत पुग्थ्यो, ’ उनले भने ‘लोन र प्रोभिजिङ गरी १४ प्रतिशतमा पुगेको अवस्था हो । अब बैंकले दिने पैसाको ब्याज बढी भएपछि लघुवित्तलाई व्यवसाय गर्न अप्ठ्यारो पर्ने उनको भनाइ छ ।
साउनमा लम्साल आफू प्रमुख कार्यकारी अधिकृत भएको संस्था सञ्चालन घाटामा भएको समेत उनले जानकारी गराए । गत वर्ष ६.५ प्रतिशतमा लघुवित्तले कर्जा पाउँदा सय रुपैयाँमा ५ रुपैयाँ खर्च हुने थियो । सो खर्च जोड्दा हाम्रो ब्याज ११.५ प्रतिशत पुग्थ्यो, ’ उनले भने ‘लोन र प्रोभिजिङ गरी १४ प्रतिशतमा पुगेको अवस्था हो । अब बैंकले दिने पैसाको ब्याज बढी भएपछि लघुवित्तलाई व्यवसाय गर्न अप्ठ्यारो पर्ने उनको भनाइ छ ।
तर, पनि उनी आशावादी छन् । ‘राष्ट्र बैंकले अवस्था हेरेर निर्णय लिन्छ,’ उनले भने ‘ हाम्रो सबै रिपोर्ट राष्ट्र बैंकमा छ । समय अनुसारको नीतिगत व्यवस्था राष्ट्र बैंकले गर्छ भन्ने हामी विश्वस्त छौं ।’ यो समस्या बढ्दै गयो भने अर्को विकल्प सोच्नु पर्ने हुन सक्ने अध्यक्ष लम्सालले बताए । कि त राष्ट्र बैंकले क्याप हटाउनु पर्यो कि तिमिहरू आफ्नो अनुकूलता अनुसार चल भन्नु पर्ने उनको भनाइ छ ।