काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेसनल माइक्रोफाइनान्स र नाडेप लघुवित्तको सेयर कारोबार फुकुवा गरिदएको छ । नेप्सेको मंगलबार (मङ्सिर २० गते) को निर्णय अनुसार यी दुवै कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।
अब भोलि (बुधबार)बाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।
डिप्रोक्स लघुवित्तसँग मर्ज हुन लागेको नाडेपको २०७७ पुस १६ गतेबाट र समिट लघुवित्तसँग मर्जरका लागि नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार गत असोज २७ गतेबाट रोक्का गरिएको थियो।
नेप्सेले यी दुवै कम्पनीको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।