आरएमडीसी लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद गरी कूल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँ बोनस सेयर र १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँको नगद गरी कूल ३३ करोड ९६ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपश्चात् र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स