सानिमा बैंकको सेयरमूल्य समायोजन, भोलि कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार बन्द भएको कारोबारलाई आधार मान्दै बैंकको नयाँ सेयर मूल्य २४७.१८ रुपैयाँ तोकिदिएको छ ।

अब भोलि सोमबार समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

बैंकको यसअघि सेयर मूल्य प्रतिकित्ता २७१.९० रुपैयाँ थियो ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित कुल १०.९८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद लाभांश छन्।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स