काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माणसम्बद्ध वस्तुहरुको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था खुकुलो बनाएको छ । । राष्ट्र बैंकले यसअघि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेका निर्माणसम्बद्ध वस्तुहरुको आयातमा नगद मार्जिन अब शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान हटाएको हो ।
राष्ट्र बैंकको नयाँ परिपत्र अनुसार पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस (अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नु नपर्ने भएको छ । तर, यी वस्तुहरुको आयात गर्दा सार्वजनिक खरिद प्रक्रियामा सहभागी भएर गरिएको करार सम्झौताका कागजागत भने बुझाउनुपर्ने छ ।
राष्ट्र बैंकले विछ्यौनाको रुपमा परिवर्तन गर्न सकिने वा नसकिने सिट (आसन) (शीर्षक ९४.०२ बाहेक) र तिनका पार्टपूर्जाहरुको आयातमा समेत शतप्रतिशत नगद मार्जिन आवश्यक नपर्ने व्यवस्था गरिदिएको छ । त्यस्तै, अब प्राथमिक रुपका स्टाइरिनका पोलिमरहरुको आयातमा पनि शतप्रतिशत मार्जिन लाग्ने छैन् ।
त्यसैगरी सार्वजनिक निकायमार्फत टेन्डर भएर हुने सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा पनि नगद मार्जिनको व्यवस्थालाई राष्ट्र बैंकले खुकुलो बनाएको छ । त्यसैगरी हवाई जहाज र रंगशालाहरुमा राखिने कुर्सीको आयात गर्दा पनि अब नगद मार्जिन राख्नुपर्ने भएको छ ।