फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५ सय ५६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ बराबरको नगद नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ११ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४ सय रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स