लक्ष्मी लघुवित्त १३ औं वर्षमा प्रवेश, डिजिटलाइजेशबाट सेवा दिने पहिलो लघुवित्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । २०६७ सालदेखि सञ्चालनमा आएको लक्ष्मी लघुवित्तले सो अवसरका संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो । यो अवधिमा लघुवित्तले आफ्नो सिष्टमलाई टेक्नोलोजी मैत्री बनाएको छ भने ५६ जिल्लामा ९० वटा शाखा सञ्जाल मार्फत १ लाख ५ हजार ८८६ ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ ।

बैंक सेवा जस्तै सेवा दिने उद्देश्यका साथ स्थापना भएको लक्ष्मी लघुवित्तले आफ्ना सबै सेवा डिजिटलाइजेशन गरेर ग्राहकहरुलाई सेवा दिने अग्रणाी लघुवित्त बनेको छ । संस्थाले यसअवधिमा आफ्ना सदस्यहरूसँग २ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ अर्ब ५७ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको जनाएको छ ।

लघुवित्तले कनेक्ट आईपीएसमा आवद्ध भएर ई–सेवा, खल्ती लगायत वालेटमार्फत् कारोबार गर्ने र मोबाइल एप प्रयोगमा ल्याउने पनि लघुवित्तहरुमा लक्ष्मी नै पहिलो भएको लघुवित्तका सीईओ प्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स