अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशकिंतत हुनुनपर्ने बताए । ‘समस्या समाधानका लागि हामी खुला छौं’, उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौं ।’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स