नबिल ‘ढुक्क मुद्दति खाता’ मा १० गुणासम्म प्रतिफल पाउनुका साथै ९० प्रतिशतसम्म कर्जा सुविधा

काठमाडौं । नबिल बैंकले लामो समयसम्म बचत गर्ने बचतकर्तालाई राम्रो प्रतिफल दिने गरी फिक्स डिपोजिट खातामा नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंक लामो समयसम्म बचत गर्न चाहने आम बचतकर्ताको हितलाई ध्यानमा ‘ढुक्क मुद्दति खाता’ योजना सञ्चालनमा ल्याएको हो ।

यो मुद्दति खाता बचतकर्तालाई २ देखि १० गुणासम्मको प्रतिफल दिने खाता हो । अर्थात यस खाता अन्तर्गत ग्राहकले मुद्दति निक्षेपमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि १० गुणासम्म प्राप्त गर्न सक्ने व्यवस्था नबिलले मिलाएको छ ।

बैंकको पनि निक्षेप बढाउने उद्देश्य सहित यो मुद्दति खाताको नाम जस्तै काम भने जस्तै बचतकर्ताले ढुक्कै भएर बचत गर्दा यो खाताबाट म्याचुरिटी पुगेको समय पछि १० गुणासम्म सुनिशिचत प्रतिफल पाइन्छ । नेपालमा आर्जित तथा विप्रेषण मार्फत नेपालमा प्राप्त रकमबाट खाता खोली यो योजनामा सहभागी हुन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘हामीले लामो समय बचत गर्न चाहने बचतकर्ताको हितलाई ध्यानमा राखेर यो खाता सञ्चालन ल्याएका हौं,’ उनले भने ‘यो खातामा बचत गर्दा १० गुणासम्म रकम पाउनुका साथै अन्य सेवा तथा सुविधा पनि बैंकले ल्याएको छ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दति खातामा ६ वर्ष ३ महिना २३ दिनमा दोब्बर, १४ वर्ष ७ महिन २८ दिनमा पाँच गुणा र २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम पाइन्छ ।

त्यस्तै, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दति खातामा ५ वर्ष ९ महिना १५ दिनमा दोब्बर, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम दिइने जनाएको छ । यस खाता अन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड पनि पाउन सक्नेछन् ।

‘यो खाताको अन्य योजनामा वार्षिक ब्याज पाइन्छ भने यस योजनामा महिनै पिच्छे ब्याज पाइन्छ,’ सीईओ ढुंगानाले भने ‘नबिल बैंकले दिने उक्क्त ब्याज चक्रिय प्रणालीको हुन्छ । हरेक महिनामा ब्याजे सुविधा पाइने यस खातामा रकम जम्मा गरे वापत पाउने ब्याज चक्रिय प्रणालीमा सावामा जोडिदै जान्छ ।’

चक्रिय प्रणालीमा ब्याज भनेको हरेक महिना ब्याज सावामा जोडिदै प्रणालीे हो । आफ्नो सावा रकम हरेक महिना बढ्दै जाने भएकाले ब्याज पनि हरेक महिना बढ्दै आउँछ र ७७ महिनामा २ गुणा बढेर आउँछ भने २६० महिना पछि १० गुना रकम बढेर आउने बैंकले जानकारी गराएको छ ।

त्यस्तैगरी आफूलाई रकम आवश्यकता परेको बखतमा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था पनि बैंकले गरेको छ । बिना झण्झट खोल्न सकिने ढुक्क मुद्दति खाता खोल्न नजिकको कुनै पनि शाखामा गएर फर्म भर्न सकिन्छ र इमेल मार्फत पनि उक्त प्रक्रिया अगाडि बढाउन सकिन्छ । वैदेशिक रोजगारमा रहेका नेपालीले विशेष उपयागी हुने अनुमान लगाउन सकिन्छ ।

ढुक्क मुद्दति खातामा हरेक महिना पैसा थप्दै जान मिल्दैन । सुरुमा खाता खोल्दा जति रकम राखेर खाता खोलियो त्यतिमा ढुक्क मुद्दति खाता रहन्छ । बीचमा पैसा राख्न मन लाग्यो भने अर्को नयाँ ढुक्क मुद्दत्ति खाता खोल्नु पर्ने हुन्छ । यसमा क्रेडिट कार्ड लिँदा सुरुमा जम्मा गरेको रकमको ७५ प्रतिशत अथवा ३ लाख रुपैयामा जुन थोरै हुन्छ त्यहिअनुसारको सुविधा पाइन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स