राष्ट्र बैंकको शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई ५ बुँदे सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार राष्ट्र बैंकले एक सूचना जारी गर्दे केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गर्दै बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई ५ बुँदे अपिल जारी गरेको हो।

बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ । बैंकिग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा निम्न विषयहरुमा विशेष ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।

१. बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।

२. सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।

३. कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकीन गर्नुपर्दछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोवारको यकीन गर्न सकिन्छ ।

४. शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भएरनभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकीन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भएरनभएको तुरुन्त यकीन गर्नुपर्दछ ।

५. सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा यस बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunasao.nrb.org.np मार्फत् जानकारी गराउन पर्दछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/nrb-notice.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स