नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रकियाको अन्तिम सम्झौता सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रकियाको अन्तिम सम्झौता सम्पन्न भएको छ । आज बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

दुवै बैंकको डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भई मर्जरमा जाने सम्झौता गरेका थिए । द्वै बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुवै बैंकलाई असार २२ गते (बुधबार) मर्जरको लागि राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स