नियम विपरित काम गर्ने ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, कुन बैंकलाई कस्तो कारवाही ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । । केन्द्रीय बैंक सुपरिवेक्षण विभागले आज एक सूचना सार्वजनिक गर्दे आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो।

राष्ट्र बैंकले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंकलाई कारावाही गरेको हो । राष्ट्र बैंकले विभिन्न ३ शीर्षकमा सनराइज र मेगा बैंकलाई कारबाही गरेको छ। त्यसैगरि, राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई विभिन्न २ शीर्षकमा कारबाही गर्दा अन्य बैंकलाई भने एउटा शीर्षकमा कारबाही गरेको छ।

चालु आवको पहिलो त्रैमासमा कारवाहीमा पर्ने बैंकहरुमध्ये अधिकांशले नियम विपरित कर्जाको प्रिमियमदर बढाउँदा राष्ट्र बैंक सुपरिवेक्षण विभागले कारवाही गरेको हो ।

यसरी कर्जा सम्झौतामा उल्लेख गरिएको प्रिमियमदर थप बढाएर ब्याज असुल गरी राष्ट्र बैंकको कारवाहीमा पर्नेमा हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् । यी बैंकहरुलाई राष्ट्र बैंकले प्रिमियम फिर्ता गराउन निर्देशन सहित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सचेत समेत गराएको छ । मेगा र सनराइज बैंकले भने आधारदर भन्दा कम ब्यादरमा कर्जा प्रवाह गरेको हुँदा दोस्रो पटक कारवाहीमा परेका थिए ।

मेगा बैंकले विगत ४ वर्षयता नविकरण नभएको कर्जामा प्रयाप्त प्रोभिजन नगर्दा तेस्रो पटक कारवाहीमा परेको हो । सो वापत राष्ट्र बैंकले मेगा बैंकका सीइओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराएको थियो । साथै सनराइज बैंकले अवकास भइसकेको सीइओलाई पनि सुविधा उपलब्ध गराएको हुँदा तेस्रो पटक कारवाही गर्दै संचालक समितिलाई सचेत गराएको थियो ।

यस्तै, राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासमा प्रभु, बैंक अफ काठमाण्डू, कुमारी र प्राइम बैंकहरुले राष्ट्र बैंकले रोकका राख्न निर्देशन दिएका खाताहरु रोक्का नराख्दा कारवाहीमा परेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/rastra-bank-karbahi.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स