नेप्सेमा एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै असोज ११ गतेदेखि सो कम्पनीको सेयर रोक्का गरिदिएको थियो । एनसीसी बैंकको मंसिर ८ गतेको पत्रानुसार नेप्सेले संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो ।

त्यस्तै प्रिमियर इन्स्योरेन्ससँग एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले गत असार २८ गतेबाट सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेका थियो।
नेप्सेले कम्पनीको मंसिर १ गतेको पत्रानुसार कम्पनीको संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो ।

नेप्सेले फुकुवा गरेसँगै भोलिबाट दुवै कम्पनीको सेयर कारोबारमा आउने छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स