काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
आज सेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको सेयरमूल्य ५३९ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले बोनस सेयर वितरणपछिको सेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम गरेको छ ।
सोही मूल्यकै आधारमा भोलि सेयरबजारमा कारोबार खुल्नेछ ।