लघुवित्त संस्थाहरूको लाभांश वितरणमा राष्ट्र बैंकको कैंची, यस्तो आयो नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त संस्थाहरुको लाभांश वितरणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ ।

सोमबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेकोे एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै लाभांश वितरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरूले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यसअघिको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/०७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो।

तर, त्यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा कायम बचतरनिक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था थियो।

त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो। संशोधित निर्देशनमा यी व्यवस्थाहरु हटाइएको छ ।

 

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/laghubittah-nirdasika.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स