काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको प्रिमियम घटाउन नयाँ व्यवस्था गरेको छ । अब वित्तीय बजारम ब्याजदर नबढ्ने प्रतिवद्धता गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू लिदै आएको प्रिमियम घटाउन स्प्रेडदर घटाएको हो । कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर घट्दा कर्जाको ब्याजदर घट्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने बताएका हुन् । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन गरिने उनले बताए ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप बढ्न नदिने प्रतिवद्धता गरेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ब्याजदर थप नबढ्ने गरी बैंक तथा वित्तीय संस्थालाई तरलता प्रवाह गर्ने बताए ।