उद्योगीको हितमा उभियो राष्ट्र बैंक, नाफा खुम्च्याउन स्प्रेड दर घटायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा खुम्च्याउने गरी नयाँ व्यवस्था गरेको छ । बैकहरूले बढी नाफा कमाएको भन्ने उद्यमी व्यवसायीको आवाजलाई सम्बोधन गर्न राष्ट्र बैंक निक्षेप र कर्जाबीचको अन्तर स्प्रेडदर घटाएको हो । राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) लाई घटाइ दिएको छ ।

यस्तो दर हाल वाणिज्य बैंकको ४.४ प्रतिशत थियो भने विकास बैंकको ५ प्रतिशत थियो । राष्ट्र बैंकले यसलाई घटाएर क्रमशः ४ प्रतिशत र ४.६ प्रतिशत बनाएको छ । पछिल्लो समय बैंकले धेरै नाफा कमाएको भन्दै उद्योगी व्यवसायीहरूले विरोध गर्दै आएका थिए । उद्योगी–व्यवसायीहरूको माग सम्बोधन हुने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

चुनाव अगाडि आन्दोलन चर्किएपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक पदाधिकारी बैठक राखेर आन्दोलन स्थगन गर्न आग्रह गरेको थियो। आन्दोलन चर्किएपछि गभर्नर महाप्रसाद अधिकारीले महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललाई मौद्रिक नीतिको समिक्षामार्फत ब्याजदरका बारेमा पुनरावलोकन हुने आश्वासन दिएका थिए ।

त्यही आश्वासनका आधारमा महासंघले आन्दोलन स्थगितका लागि आग्रह गरेको हो। आश्वासनसँगै उद्योगी व्यवसायीले मंसिर १५ गतेसम्म कुर्ने र नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स