७ कम्पनीले पाए लघुबीमाको लाइसेन्स (सूची सहित)

काठमाडौं । लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ ।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जार्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीहरुबाट प्रस्ताव माग गरेको थियो । प्रस्ताव आह्वान गरिएको म्यादभित्र दर्ता हुन आएका प्रस्तावहरुमध्ये प्राधिकरणको मूल्यांकनबाट सात कम्पनीलाई छनोट गरिएको हो ।

लघु जीवन बीमा व्यवसाय गर्नका लागि प्रस्ताव छनोट भएका कम्पनीमा मोरङको बिराटनगर–७ मा मुख्य कार्यालय रहेको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।

लघु जीवन बीमा व्यवसाय तर्फ छनौट भएका प्रस्तावहरूः
१. गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लि.,
२. क्रेष्ट माइको लाईफ इन्स्योरेन्स लि
३. लिबर्टी माइको लाईफ इन्स्योरेन्स लि.

लघु निर्जीवन बीमा व्यवसाय तर्फ छनौट भएका प्रस्तावहरू
१. ट्रष्ट माइक्रो इन्स्योरेन्स क. लि.

२. नेपाल माइक्रो इन्स्योरेन्स क. लि

३. स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि.

४. प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स