सेन्चुरी कमर्शियल बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु बैंकसँग मर्जर प्रक्रियामा रहेको सेन्चुरी कमर्शियल बैंकको सेयर कारोबार फुकुवा भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को निर्णय अनुसार सेन्चुरी बैंकको सेयर कारोबार फुकुवा भएको हो । योसँगै अब सोमबारबाट बैंकको सेयर कारोबार गर्न सकिने भएको छ ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ुधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको सेयर कारोबार फुकुवा भएको हो ।

यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स