आरएसडिसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि कुल ११ प्रतिशतले हुन आउने ८ करोड ८५ लाख ६७ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स