नेप्सेद्वारा कुमारी बैंकको सेयर कारोबार फुकुवा, आइतबारबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ। बैंकको मंसिर ६ गतेको पत्र नेप्सेमा मंसिर ७ गते दर्ता भई आजदेखि कारोबार फुुकुवा गरिदिएको हो । नेप्सेले कुमारी बैंकको संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

अब आउँदो आइतबारबाट यो बैंकको सेयर कारोबारमा आउनेछ।

नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११ गतेबाट कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार रोक्का गरेको थियो। कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

कुमारी बैंक र एनसीसी बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेको हो । दुवै बैंकले पुस मसान्तभित्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स