शाइन रेसुंगाको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँ बराबरको नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स