काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ ।
नयाँ नोट बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट वितरण हुने भएको छ ।
साथै ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्ने जनाइएको छ ।
राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने जनाएको छ ।
हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।