८ बैंकको निक्षेप घट्दा १९ बैंकको बढ्यो, सानिमाले १ महिनामै गर्यो ६ अर्ब निक्षेप संकलन (कुन बैंकको घट्यो कुनको बढ्यो)

काठमाडौं । कार्तिक महिनामा १८ बैंकको निक्षेप बढेको छ भने ८ बैंकको निक्षेप घटेको छ । कार्तिक महिनाभरी जम्मा १६ अर्ब १९ करोड निक्षेप थपिएको छ । सो निक्षेपमध्ये सानिमा बैंक एक्लैले ५अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेर निक्षेप संकलनमा आक्रमक बैंक बनेको छ ।

सानिमा बैंकले कार्तिक महिनामा संकलन गरेको निक्षेप उक्त महिनाको कुल निक्षेप संकलनको एक तिहाईभन्दा बढी हो । यो कुल निक्षेपको ३६.४४ प्रतिशत हो । चालु आवको साउनमहिनादेखि कार्तिकसम्म हेर्ने हो भने सानिमा बैंकको निक्षेप जम्मा २० करोड रुपैयाँमात्रैले बढेको छ ।

कार्तिक महिनामा सबैभन्दा बढी निक्षेप सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक नेपाल बैंकलगायतका बैंकको निक्षेप बढेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप सबैभन्दा बढीले घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगै एनसीसी बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, प्राइम बैंकमाछापुच्छे« बैंक, ग्लोबल बैंक र सेन्चुरी बैंकको निक्षेप पनि घटेको छ ।

BANK 31st Ashad, 2079 31st Shrawan, 2079 31st Bhadra, 2079 31st Asoj, 2079 30th Kartik, 2079 Change since 31st Ashad 2079 (Amount) Change since Last Month (Amount)
Total Deposit Total Deposit Total Deposit Total Deposit Total Deposit
ADBL 166.71 159.41 161.97 164.55 166.07 -0.64 1.52
BOK 111.03 108.06 109.08 110.12 111.44 0.41 1.32
CENTURY 101.40 96.76 95.28 97.30 96.23 -5.17 -1.07
CITIZEN 155.14 150.95 152.09 156.56 156.63 1.49 0.07
CIVIL 96.04 93.25 92.60 94.35 94.70 -1.34 0.35
EBL 173.40 168.86 174.57 174.42 175.45 2.05 1.03
GLOBAL 286.56 280.98 282.97 289.25 288.87 2.31 -0.38
HBL 171.47 170.11 170.66 174.08 174.12 2.65 0.04
KUMARI 182.96 173.60 178.20 177.47 178.40 -4.56 0.93
LAXMI 139.88 139.19 139.88 140.35 141.27 1.39 0.92
MBL 148.70 143.89 145.22 147.56 146.30 -2.40 -1.26
MEGA 156.49 154.53 155.58 157.44 157.88 1.39 0.44
NABIL 329.57 326.17 331.36 339.33 340.47 10.90 1.14
NBL 197.11 186.20 194.15 197.11 199.63 2.52 2.52
NCC 141.48 130.50 128.44 130.97 127.00 -14.48 -3.97
NIBL 186.21 186.20 186.37 193.57 188.90 2.69 -4.67
NIC 294.98 305.13 308.92 308.18 305.42 10.44 -2.76
NMB 186.40 181.01 183.85 182.20 184.07 -2.33 1.87
NSBL 119.66 121.63 125.00 127.35 131.71 12.05 4.36
PRABHU 182.14 169.85 168.80 173.83 172.54 -9.60 -1.29
PRIME 165.37 160.87 161.08 162.16 160.43 -4.94 -1.73
RBB 256.64 241.32 256.77 261.34 267.10 10.46 5.76
SANIMA 158.88 154.81 151.41 153.19 159.09 0.21 5.90
SBL 196.48 195.65 195.04 196.79 200.01 3.53 3.22
SCBNL 101.95 103.63 104.99 109.30 110.80 8.85 1.50
SUNRISE 134.79 130.81 131.24 128.38 128.81 -5.98 0.43

 

कार्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप ४ अर्ब ६७ करोड रुपैयाँले घटेको छ । इन्भेष्टमेन्ट बैंकको चालु आवको कार्तिकसम्म २ अर्ब ६९ करोड बढेपनि कार्तिक महिनामा भने करिब पौने ५ अर्बले निक्षेप घटेको हो । कार्तिक महिनामा बढी निक्षेप संकलन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बनेको छ । बैंकले कार्तिक महिनामात्रै ५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो ।

बैंकले सो महिनामा संकलन गरेको निक्षेप कुल निक्षेपको ३५.५८ प्रतिशत हो । चालु आर्थिक वर्ष लागेपछि बैंकले १० अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । नेपाल एसबीआई बैंकले ४ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले चालु आवको कार्तिक महिनाभरीमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सिद्धार्थ बैंकले पनि कार्तिक महिनामा ३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले चालु आर्थिक वर्षमा भने ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरे को हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स