कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गते, स्वाप रेसियो १ः१

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गते हुने मिति तय गरिएको छ । दुबै बैंक सञ्चालक समितिले पुस १७ गते (जनवरी १) देखि एकीकृत कारोबार गर्ने गरी कार्य योजना बनाएर अघि बढेका छन् ।

दुबै बैंकको साधारणसभा सक्किसकेको छ भने अब छिट्टै विशेष साधारणसभा बोलाएर एकीकृत कारोबार गर्ने बैंकहरूले जनाएका छन् । मर्जर प्रयोजनका लागि यी दुई बैंकको स्वाप रेसियो तय भइसकेको छ । १ः१ सेयर स्वाप रेसियो निर्धारण गरिएको यी बैंकमध्ये एनसीसी बैंकले माथिल्लो तहका कर्मचारीहरूलाई स्वच्छिक अवकार योजना(भीआरएस) बाट सहभागि हुन लगाएको छ । यसमा एनसीसी बैंकमा एजुकेटिभ देखि म्यानेजर लेभलका करिब १८ जना कर्मचारीले भीआरएस योजनामा सहभागि भएको बुझिएको छ ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन् । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कम पुँजी भएका बैंकहरुलाई मर्जरमा जान तीब्र दबाव परेको हो ।

एनसीसी बैंक झन्डै तीन वर्षदेखि राष्ट्र बैंकको नियन्त्रणमा छ । एनसीसी बैंकले यसअघि नै इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौता गरिसकेको छ ।

दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। सोही समझदारीका आधारमा गठित संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ताहरु नियुक्त गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स