नेप्सेमा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार सुरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार सुरु भएको छ । मर्जर प्रक्रियामा रहेका दुवै बैंकको आज मंसिर ६ गतेबाट सेयर कारोबार सुरु भएको हो ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको सेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स