विगत १० वर्षमा नबिल बैंकले कति बाड्यो लाभांश ?(कुन आवमा कति ?)

काठमाडौं । देशको उम्दा बैंक मानिएको नबिल बैंकले कति लाभांश दिन्छ वा दियो होला भन्ने चासो सबैको हुन्छ । यो हुुन स्वभाविक पनि हो । आम सेयरधनीदेखि दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानी कर्ताले समेत नबिल बैंकको सेयर खरिद गरे अन्यको भन्दा उच्च लाभांश पाइन्छ भन्ने गरेका छन् । सो कारणले जति जति साधारणको मिति नजिकिन्छ दोस्रो बजारमा सेयर खरिद गर्नेको चाप पनि बढ्दै जाने गर्छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरण गरेको नबिल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा यति नै लाभांश दिने भनि घोषणा गरेको छैन । यद्यपि बैंकको क्षमता हेर्ने हो भने ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने बैंकले सार्वजनिक गरेको वित्तीय विवरणबाट देखिन्छ ।

अघिल्लो आर्थिक वर्षमा नबिल बैंकले सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको लाभांश बाड्न सक्ने सो क्षमतामध्ये बोनस र नगद कति कति हुन्छ त्यो भने बैंकले डिशिजनमा भर पर्छ ।

त्यसो त बैंक बोर्डले सो लाभांश क्षमता घटाउन पनि सक्छ । यद्यपि नबिलले वितरण गर्दै आएको लाभांश अन्य बैंकको तुलनामा बढी हो । गत आर्थिक वर्षमा एभरेष्ट बैंकको लाभांश वितरण क्षमता नबिलको भन्दा बढी देखिएको छ । एभरेष्ट बैंकले कमाएको नाफाबाट सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सेयरधनीहरूलाई ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । सो लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद हो । बैंकले आर्थिक वर्ष २०७५/०७६ मा सेयरधनीहरूलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । सो लाभांशमा २२ प्रतिशत नगद र १० प्रतिशत बोनसको हिस्सा थियो ।

बैंकले आर्थिक वर्ष २०७४/०७५ मा सेयरधनीहरूलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले वितरण गरेको लाभांशमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद हो । आर्थिक वर्ष २०७३/०७४ मा बैंकले सेयरधनीहरूलाई ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले उक्त वषए ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७२०७३ मा नबिलले सेयरधनीहरूलाई ४५ प्रतिशत लाभांश वितरण गरेको छ । सो वितरण गरिएको लाभांशमध्ये ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद हो । बैंकले आव २०७१/२०७२ मा सेयरधनीहरूलाई ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त लाभांशमध्ये ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद हो ।

बैंकले आव २०७०/०७१ मा सेयरधनीहरूलाई ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले सो आवमा वितरण गरेको लाभांश ९ वर्षयताकै बढी हो । बैंकले उक्त आवमा २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांश गरेको थियो ।
त्यसको अघिल्लो आव २०६९/०७० मा पनि बैंकले आफ्ना सेयरधनीलाई सोही बराबरको लाभांश वितरण गरेको थियो ।

यद्यपि यो आवमा भने बैंकले बोनस सेयरलाई प्राथमिकतामा राखेको छ । बैंकले उक्त आवमा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । १० वर्ष अघि पनि बैंकको लाभांश उच्च थियो । २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

पछिल्लो समय अन्य बैंकलाई डब्बल डिजिटमा लाभांश दिन हम्मे परेपनि नबिलको यो यात्रा १० वर्षयता नै ३० प्रतिशतबाट घटेको छैन । कुनै समयमा बैंकले १४० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । आव २०६३/६४ मा बैंकले १४० प्रतिशत लाभांश दिएको थियो भने त्यसको पछिल्लो वर्ष १०० प्रतिशत लाभांश दिएको थियो । हरेक परिसूचकमा नम्बर वान देखिएको बैंकलाई अझ माथिल्लो उचाइमा पुर्याउन बैकिङ क्षेत्रमा पायोनियर बैकर मानिएका ज्ञानेन्द्र प्रसाद ढुंगाना बैंकको सीईओ बनेर गएका छन् । उनको नेतृत्वमा बैंक अझ माथिल्लो उचाइ पुग्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स