एनएमबि बैंकले ‘मान्यजन बचत खाता’ मा ९.१३३ प्रतिशत उच्चतम ब्याज दिने

काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मद्ध्यानजर राखी बनाइएको हो ।

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स