१३ कम्पनीले गरे लाभांश घोषणा, तपाईको सेयर भएको कम्पनीले कति दिँदैछ लाभांश

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १३ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरू छन् । लाभांश घोषणा गरेका १३ कम्पनीमध्ये ४ कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज समेत गरिसकेका छन् भने बाँकी कम्पनीले भने बुक क्लोज गरेका छैनन् ।

लाभांश घोषणा गरेका १३ कम्पनीमध्ये ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । लाभांश घोषणा गर्नेमा ५ लघुवित्त कम्पनी रहेका छन् । गत वर्षको कमाइबाट लाभांश घोषणा गर्ने कम्पनीमा सबैभन्दा अग्र पङ्तीमा बहुराष्ट्रिय कम्पनी युनिलिभर रहेको छ । युनिलिभरले ६५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सो प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

अन्य कम्पनीहरूले बढीमा ३५ प्रतिशतसम्म लाभांश दिने भएका छन् । नेपाल ल्युव आयलले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेपाल ल्युव आयातले ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी लाभांश ३५ प्रतिशत लाभांश दिने भएको छ ।

साधना लघुवित्त कम्पनीले २५ प्रतिशत बोनससहित १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश दिने भएको तयारी गरेको हो । स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । डिप्रोक्स लघुवित्तले २० प्रतिशत बोनससहित २१.०५ प्रतिशत बोनस दिने भएको छ । मिर्मिरे लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । फर्स्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

ङादी ग्रूप पावरले २० प्रतिशत बोनससहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अरुण कावेली पावरले १७ प्रतिशत, अपि पावरले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने रु रु जलविद्युतले १० प्रतिशत, सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत गरेका छन् ।

सबैभन्दा पहिले लाभांश घोषणा गरेरको सिनर्जी पावरले गत वर्षको कमाइबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सिनर्जी पावर, ङादी ग्रप पावर, अपि पावर र अरुण कावेली पावरले लाभांश वितरणको लागि बुकक्लोज गरिसकेका छन् । बाँकी ९ कम्पनीको सेयर खरिद गर्दा भने कम्पनीले वितरण गर्ने लाभांश पाइन्छ ।

हालसम्म वाणिज्य बैंक र विकास बैंकहरुले भने लाभांश वितरण गर्न शुरु गरेका छैनन् । नेप्सेका सूचीकृत करिब डेढ सय कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा सूचीकृतमध्ये म्युचुअल फण्ड बाहेक १३६ कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गरेका थिए । यस वर्ष सूचीकृत कम्पनीहरुको संख्या अझै बढेको छ । यसले गर्दा यस वर्ष लाभांश वितरण गर्ने कम्पनी अझै बढ्ने देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स