जनउत्थान सामुदायिक लघुवित्त पौने करोड नोक्सानी व्यहोर्यो

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी व्यहोरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तले ७६ लाख ७४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेको र सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याएका कारण लघुवित्तले नोक्सानी व्यहोरेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.४५ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ४४.६२ प्रतिशत घटेको छ ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ३२.५१ प्रतिशत घटेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमवापतको व्यवस्थामा २ करोड ७० लाख रुपैयाँ छुट्याएको छ । जसका कारण सञ्चालन मुनाफा २ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५ पैसा रहेको छ ।

असोज मसान्तमा १४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको सापटी १२.४३ प्रतिशत बढेको छ भने निक्षेप १३.६१ प्रतिशत र कर्जा ७.७६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स