महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिनको सम्झौता गरेको छ। बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सम्झौता गरेको हो।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार बैंकका ग्राहकहरुले द हिमालयन ग्रिल बाई बाजेको सेकुवाका सम्पूर्ण सेवामा १५ प्रतिशत छुट, कुण्डलिनी आयुर्वेदका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट, टिसुबाकी ब्युटी सलुन एण्ड इन्ट्रप्राइजेजका सेवाहरुमा १० प्रतिशत, ओपूलेन्स एस्ठेटिक्स प्रालिका सेवाहरुमा १० प्रतिशत छुट र क्रिस्टल डायगोनेस्टिक प्रालिका सेवाहरुमा अधिकतम २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स