नबिल बैंकको ‘गोल्ड पेरोल बचत खाताः बिनाधितो कर्जादेखि घातक रोग र सामुहिक दुघर्टना बीमासम्मको सुविधा

काठमाडौं । नेपालमा राम्रो सेवा सुविधा दिने र सिष्टममा चलेको बैंकको नाम लिँदा सबैभन्दा पहिला नबिल बैंकको नाम आउँछ । कर्पोरट बैंक, धनीहरूको बैंक भनेर स्थापित नबिल बैंकले दिएको सेवा सुविधाले नबिललाई त्यो उचाइमा पुर्याएको हो । आम जनमानसमा नबिल धनीको बैंक भनेर बुझिने गरेता पनि वास्तवमा नबिल सर्वसाधारण तथा सर्वहाराहरूको पनि बैंक हो ।

शाखा राहित बैंकिङको अवधारणालाई आत्मसात गरेको, जिरो ब्यालेन्स खाताको सुविधा दिएको, ३७ वटा गाउँपलिकामा शाखा रहेकोे हुनाले यो बैंक सबै स्तरका मानिसको लागि पहुँच योग्य बैंक बनेको प्रमाणित गरेको छ ।

नबिलले सार्वजनिक गरेका अल्पकालीन होस् या दीर्घकालीन प्रडक्टले कर्पोरेटदेखि सानाभन्दा साना लगानी तथा बचतकर्तालाई समेटेको छ । नबिलले सबैको लागि पहुँचयोग्य बैंक बन्ने उद्देश्य राखेर पछिल्लो समय विभिन्न नयाँ र उच्च प्रतिफल दिने लाभदायक प्रडक्टहरू सार्वजनिक गरेको छ ।

देशको ‘नम्बर वान’ बैंक बन्दा बन्दै पनि नबिलले बढी भन्दा बढी सेवा सुविधा र उच्च ब्याजदर दिन कर्मचारी वर्गलाई केन्द्रमा राखेर गत अगस्ट देखि ‘नबिल गोल्ड पेरोल’ बचत खाता सञ्चालनमा ल्याएको हो । संस्थागत नियमित बचतकर्तालाई लक्षित गरि ल्याइएको उक्त खातामा नियमित रुपमा बचत गर्ने संस्थागत बचतकर्ताले बीमा, उच्चतम ब्याजदर, दुर्घटना जोखिम बहन, १५ लाख रुपैयाँसम्म कर्जा सुविधाका साथै २ लाखसम्म फोन लोन पाउने सुविधाहरू रहेका छन् ।

कर्मचारी वर्गलाई धेरै रिर्टन दिन विभिन्न सुविधासहित ‘नबिल गोल्ड पेरोल’ खाता सञ्चालमा ल्याएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । ‘नबिलले निक्षेप संकलन गर्ने र आम बचतकर्तालाई त्यसको उचित प्रतिफल दिने उद्देश्यका साथ सञ्चालनमा ल्याएको यो खातामा उच्च ब्याज पाउनुका साथै अन्य धेरै सुविधा रहेको छ,’ उनले भने ‘यो खातामा आवद्ध हुने कर्मचारीले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा र फोन लोन पनि पाउँछन् ।’

संस्थागत कर्मचारीलाई प्रााथमिकतामा राखेर ल्याइएको गोल्ड पेरोल खातामा १० लाख रुपैयाँसम्मको दुघर्टना बीमा र १३ प्राण घातक रोग लागेमा ३ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने व्यवस्था बैंकले गरेको छ ।

गोल्ड पेरोल खाताले १० लाखसम्मको सामुहिक दुर्घटना बीमाको जोखिम बहन गर्छ । विभिन्न उद्योग व्यवसायमा आवद्ध विशेष गरी कारखाना र निर्माण क्षेत्रका व्यवसायीका लागि यो सुविधा अत्यन्त उपयोगी हुने बैंकको भनाइ छ । बिना धितो १५ लाखसम्म कर्जा लिन पाउने नबिले गरेको व्यवस्थाले भैपरी आएको बेला ग्राहकलाई ठूलो काम दिनेछ ।

अरु खातामा जस्तै यो खातामा पनि १ वर्षसम्म निः शुल्क डेबिट कार्डको सुविधा रहेको छ भने ग्राहकले २ लाख रुपैयाँसम्मको फोन लोन लिन सक्ने व्यवस्था गरेको छ ।

संस्थागत नियमति तलवी बचतकर्ताले खाता सञ्चालन गर्न पाउने गरी ल्याइएको गोल्ड पेरोल खाताबाट प्रत्येक कर्मचारीले विभिन्न १३ घातक रोग लागेको प्रमाणित हुने डकुमेन्ट पेश गरेको २ सातामै ३ लाख रुपैयाँ सुविधा पाउने व्यवस्था नबिल बैंकले गरेको छ ।

यी हुन् नबिल बैंकबाट सुविधा पाउने १३ प्राण घातक रोग
स्ट्रोक(Strokes),पूर्ण हेपाटाइटिस(Fulminant hepatitis), प्राथमिक प्रल्मोनरी उच्च रक्तचाप(Primary),  कोमा(COMA), एप्लास्टिक एनिमिया(Aplastic Anemia), प्रमुख अंग तथा बोनम्यारो प्रत्यारोपण(Major organ/bone marrow transplantation), मुटुको भल्भको शल्यक्रिया(Heart Valve surgery), अन्तिम चरणको फोक्सोको रोग(End-stage lung disease) प्रमुख क्यान्सरहरू(Major Cancers) मृगौला फेल (Kidney failure),पहिलो हृदयघात (First heart attack), अन्तिम चरण कलेजो फेल (End stage liver failure), गम्भीर कोरोनरी धमनी रोग (Serious coronary artery disease)

नबिल बैंकमा गोल्ड पेरोल खाता खोल्ने नियमित ग्राहकलाई प्राण घातक रोग लागेमा अर्थात दुर्घटना भएमा १३ लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम पाउने छन् भने नबिल बैंकमा बचत खाता भएका जुनसुकै बचतकर्ताले खातामा नियमित रुपमा ३५ हजार रुपैयाँ छ र सो खाता होल्डरको मृत्यु भएमा काजक्रिया गर्नको लागि थप ७५ हजार रुपैयाँ पाउने व्यवस्था गरेकोे छ । सो रकम पाउनको लागि मृत्यु दर्ताको प्रमााणपत्रमात्रै भए पुग्छ ।

बैंकले गोल्ड पेरोल खाता खोल्नको लागि कुनै शर्त तोकेको छैन । बैंकमा खाता खोल्नको लागि नत न्यूनतम ब्यालेन्सको आवश्यकता पर्छ नत कर्मचारी संख्यामा नै । यसमा कुनै अंकुश नभएको बैंकले प्रष्टाएको छ । ब्याजका हिसावले पनि राम्रो मानिएको गोल्ड पेरोल बचत खातामा ग्राहकले ९.१३३ प्रतिशत अहिले सम्मकै उच्चतम ब्याजदर पाउने छन् । साथै खाता होल्डरले ५० प्रतिशतसम्म लकरमा छुट पाउने व्यवस्था पनि नबिल बैंकले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स