काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक २५ गते काठमाडौंको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।