गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफा तथा सेयर प्रिमियम समेतबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार बराबरको नगद गरि कुल १४.५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स