बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गरेसँगै आइतबारबाट ८ बैंकसहित यी कम्पनीहरुको सेयर कारोबार खुल्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गरेसँगै मर्जर प्रक्रियामा रहेका ३७ कम्पनीको आइतबारबाट सेयर कारोबार खुल्ने भएको छ ।

बोर्डले आज ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेसँगै रोक्का रहेका ३७ वटा कम्पनीको सेयर कारोबार खुल्ने भएको हो ।

जारी निर्देशिका अनुसार अब देखि मर्जर तथा प्राप्तीमा सहभागि हुने कम्पनीहरूको आधारभूत सेयर बाहेक अन्य सेयर कारोबार एकीकृत कारोबार हुने समयमा मात्रै रोक्का हुने निर्देशिकामा उल्लेख गरिएको छ । बोर्डले आधारभूत सेयरधनी बाहेक सेयर एकीकृत कारोबार हुँदा अधिकतम १५ दिनमात्रै रोक्का हुने भएको हो ।

हाल मर्जर प्रयोजनका लागि ८ वटा वाणिज्य बैंकसहित ३७ वटा कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ। अब आइतबारबाट ती कम्पनीहरुको निवेदनमा नेप्सेले कारोबार फुकुवा गर्नुपर्नेछ।

मर्जर प्रयोजनका लागि हाल ८ वटा वाणिज्य, ८ वटा जीवन बीमा कम्पनी, १० वटा लघुवित्त, ८ वटा निर्जीवन बीमा कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स