मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्रभित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आवद्ध सदस्यहरुलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो।

उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीका बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, स्थानीय भद्रभलाद्मी र विभिन्न पेसामा आबद्ध भएका महिला उद्यमीहरुसहित लगभग ३ हजार ५०० जनाको उपस्थिति थियो। कार्यक्रममा लघु बैंकिङअन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना–साना उद्यमहरु सञ्चालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा महिला सशक्तीकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषिमा व्यावसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषि कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानीय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषि पेसालाई सम्मानित पेसाका रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो।

अहिलेको २१ औं शताब्दीमा देशको आर्थिक विकासमा नारीहरुको भूमिका रहने भएकोले नारीलाई घरभित्रको कामहरुमा मात्र सीमित नगरी सही वातावरण र अवसर समयमै प्रदान गर्न सकियो भने नारीहरुले जस्तोसुकै कार्यहरु र उच्च पदहरु सम्हाल्ने क्षमता राख्नेछन् भन्ने सोचले उनीहरुको मनोबल उच्च राख्नका लागि बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स