११.११ अभियानको लागि हिमालयन बैंक लिमिटेड र दराज बीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिगं पोर्टल दराज बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुनेछ ।

बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम २५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम ३००० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ । ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिंगबाट आफैलेनै आफ्नो कार्डमा ई—कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ । यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्नेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स