नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२ को इकाई सूचीकृत भएको छ । एनएमबि सुलभ इन्भसेस्टमेन्ट फन्ड-२का १० रुपैयाँ अंकित दरका कुल १२ करोड २१ लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा कुनै पनि धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको थियो।

क्यापिटलले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यो बन्दमुखी म्युचुअल फण्ड योजना हो ।

हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स